काठमाडौं ३ माघ । प्रमुख दलहरुसहित मधेशी मोर्चाको बैठक सकिएको छ। बैठकमा कुनै सहमति नभएकाले दिउँसो दुई बजे फेरि वैठक बस्ने भएको छ।
बैठकबाट बाहिरिदै नेकपा एमालेका नेता माधव कुमार नेपालले संघीयताबाहेकका सबै विषयमा सत्तारुढ दल हदैसम्म लचिलो हुने बताए।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आज सहमति हुन नसके पक्रियामा जाने निश्चित भएको बताए। ‘सहमतिका लागि हामी हदैसम्म लचक छौं तर, सहमति भएन भने आजै प्रक्रिया सुरु हुन्छ’ पौडेलले भने।






