गुल्मीको हस्तिचौरमा अजिङ्गर फेला

Ajinggar

गुल्मी, १६ असार । गुल्मीको हस्तिचौर गाविसमा अजिङ्गर फेला परेको छ । हस्तिचौर गाविस–८ पालुखास्थित बाँसखोलामा फेला परेको सो अजिङ्गरलाई जिल्ला वन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ । सोमबार साँझ स्थानीयले बिरालो खाँदै गरेको अवस्थामा अजिङ्गर फेला पारेपछि वन कार्यालयमा खबर गरेका थिए ।
अजिङ्गलाई उपयुक्त वासस्थानको खोजी गरेर मात्र छाडिदिने जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताउनुभयो । करिब २० केजी तौल रहेको सो अजिङ्गरको लम्बाइ चार मिटरभन्दा बढी रहेको बताइएको छ ।