काठमाडौँ- खेलकुद क्षेत्रमा योगदान पुर्याउनुभएको कीतिमानी धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कार–२०७२ बाट सम्मानित हुनुभएको छ ।
राप्रपा नेपालअन्तर्गतको खेलकुद, युवा तथा विद्यार्थी विभागद्वारा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले धावक मानन्धरलाई सम्मान गर्नुभएको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउनुभएका मानन्धरलाई सम्मानरुवरुप रु दुई लाख प्रदान गरिएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री थापाले भारतमा हुने बाह्राँै दक्षिण एसियाली खेलकुद (साग)मा भएको बजेटको विवादलाई हल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिनुभयो ।
सो अवसरमा धावक मानन्धरले यस किसिमको सम्मानले खेल जगतमा लाग्ने युवा खेलाडीका लागिसमेत प्रेरणा मिल्ने बताउनुभयो ।







