कुख्यात अन्तर्राष्ट्रिय अपराधी फेरि समातिए नेपालमा

http://www.ratopati.com/wp-content/uploads/2015/01/aparadhi.gifकाठमाडौं – कुख्यात यौन दुराचारीका रुपमा संसारभर चिनिएका एक अन्तर्राष्टिय अपराधी नेपालमा पक्राउ परेका छन३ । बालकहरुसित अप्राकृतिक मैथुन गरेको आरोपमा क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पक्राउ परेका छन् ।

 क्याकइन्टोस यौन दुराचारसम्बन्धी अपराधमा विश्वमै कुख्यात मानिन्छन् । क्यानडामा मात्र नभएर उनीविरुद्द भारत तथा अफ्रिकी देशहरुमा पनि मुद्दा दायर छन् । चार दशकदेखि उनीमाथि यस्ता मुद्दा लाग्न थालेका हुन् । ललितपुर प्रहरीले गत ४ पुसमा उनलाई पक्राउ गरेको हो । बुधबार जिल्ला अदातल लतिलपुरबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवन गिरीले बताए ।

 म्याकइन्टोसले दुई बालकलाई अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ । अरु बालक पनि पीडित हुन सक्ने र अनुसन्धान जारी रहेको डिएसपी गिरीले बताए ।

 पुल्चोकस्थित क्याफे ब्राजिल गेस्ट हाउसमा बस्दै आएका म्याकइन्टोसले विभिन्न प्रलोभन देखाएर बालकहरुलाई आफ्नो कोठामा लैजाने र अप्राकृतिक मैथुन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । एक बाल अनाथालयमा पुगेर केही समयअघि उनले दुई जना बालकलाई सहयोग गर्ने भन्दै जिम्मा लिएका थिए । तीमध्ये एक बालकलाई उनले गत मंसिर २७ मा आफ्नो डेरामा लिएर गएका थिए । उनले बालकको कपडा खोलेर अप्राकृतिक मैथुन गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

को हुन् म्याकइन्टोस ?
म्याकइन्टोस यस्ता अपराधी हुन् जसले क्यानडाको न्याय प्रणालीलाई नै चुनौती दिए । त्यहाँका कानुनमन्त्रीले नै उनको मुद्दामा सार्वजनिक रुपमा माफी माग्नुपर्यो ।

 क्यानडाको लोकप्रिय मिडिया सिबिसी न्युजका अनुसार क्यानडामा उनीविरुद्द २३ वटा मुद्दा छन् । सन् १९७० देखिका मुद्दाको अझै अनुसन्धान भइरहेको छ । पहिलोपटक उनीविरुद्द सन् १९९६ मा प्रहरीले वारेन्ट जारी गरेको थियो । तर,त्यसअघि नै म्याकइन्टोसले देश छाडिसकेका थिए । उनको गृहनगर नोभा स्कोटियामा प्रहरी पुग्दा उनी भारतमा रहेको खुलेको थियो ।

 प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै आलोचना भएपछि सन् १९९६ मा क्यानडा सरकारले उनलाई सुपुर्दगी गर्न भारतलाई आग्रह गर्यो । त्यसबेला उनी भारतको क्यालिफोर्निया माइक्रोवेभ नामक कम्पनीमा कार्यरत थिए । त्यसबेला उनले क्यानडा नफर्कने भन्दै सुपुर्दगीलाई अस्वीकार गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।