काठमाडौं ३ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नियमावलीअनुसार प्रक्रिया अघि बढाउन संविधानसभाका अध्यक्षलाई आग्रह गरेका छन्।
संविधानसभको बैठकमा पेश भएको संवाद समितिको प्रतिवेदनमाथिको छलफलका लागि बोल्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन्। उनले संविधानसभालाई अनिर्णयको बन्दी बनाएर देशलाई अड्काएर राख्न नसकिने भन्दै तत्काल प्रक्रियामा जान अगा्रह गरे।
‘नियमावली अनुसार संविधानको विधेयक पारित गर्ने स्टेजमा पुग्नु भन्दा पहिलो पाइलामा प्रस्ताव पनि पेश गर्न हामी खुट्टा कमाइरहेका छौँ नियमावलीअनुसार सभाध्यक्षले प्रक्रिया अघि बढाउनु पर्छ’ उनले भने ‘प्रक्रियामा गएर मस्यौदा तयार पार्दा पनि नेताहरुले सहमतिको प्रयास जारी राख्न सक्ने छन्, मस्यौदा परिमार्जन गर्दा वा विधेयक पारित गर्दा पनि सहमति गर्न सकिन्छ। तर पहिलो प्स्ताव पेश गर्न नदिएर अबरोध नगरौँ।’
उनले जनताको मतले स्थापित संविधानसभाबाटै सबै निकास खोज्नुपर्ने भन्दै सडकमा आन्दोलन गर्दैमा मात्रै समस्या समाधान नहुने बताए।






