काठमाडौं ३ माघ । लुगा सिलाएबापत, फलामको भाँडा बनाएबापत बालिघरे प्रथा त सुनिएकै थियो तर बझाङ्गमा अचम्मको बालिघरे प्रथा छ, नदी वारपार गराएबापत बालिदिने चलन । वर्षौँदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिट्पुट रुपमा रहे पनि डुङ्गासम्बन्धी बालीघरेप्रथा भने अझै कायम छ ।
सो चलनअनुसार विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।
देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त मात्रामा पुल नभएका कारण ठाउ ठाउँमा स्थानीयवासीले बालिघरे प्रथा चलाएका छन् ।
नदी वारपार गराएबापत यामअनुसार धान, मकै गहुँ, जौ आदि दिने गरिएको सतबरिया–८ का सीता चौधरीले बताए ।
“गाउँलेसँग बाली उठाउँछु घर परिवारलाई त्यही आम्दानीबाट चलाउँछु”सतबरिया–८ का बोटे शिव चौधरीले भने ।
सो घाटबाट उनी सतबरिया, रिहार पैते, तथा राजपुर गाविसका गङ्गदी, सालभौरी, गङ्गदीखोला किनारमा बस्ने गाउँलेलाई नदी वारपार गराउछन् । बाहिरी गाउँबाट आउने मानिसलाई भने नदी वारपार गराएबापत प्रतिव्यक्ति रु १० लिइने चौधरीले जानकारी दिए । उक्त घाटबाट दैनिक आधा दर्जन गाउँका करिब दुई हजार ५०० मानिस नदी वारपार गर्छन् ।






