काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाए ।
दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए ।
प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाइदिने प्रचलन छ । तर, युद्धकालमा चाडवाड नमनाउने नीति भएकाले उनलाई अप्ठ्यारो परेको हो ।
दाहालसहित माओवादीका केही उच्च नेताले दसैं नमनाए पनि अधिकांश नेता कार्यकर्ता धूमधामसाथ दसैं मनाउँछन् ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन् । देउवाका भतिजको निधनका कारण टीका उनले टिका लगाएनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृहनगर झापा र भक्तपुर बालकोटस्थित निवासमा दसैं मनाएका छन् ।






