अर्घाखाँची– स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुखमा एमालेका कृष्ण प्रसाद श्रेष्ठले ९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कमल प्रसाल भुसालले ९० मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका ठाकुरकुमार विकले ८७ मत प्राप्त गरका छन् भने एमालेकी इश्वरा पोखरेलले ८५ मत ल्याएकी छिन् ।
यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा नेपाली कांग्रेसका रेशम थापाले १३ सय ४० मत ल्याएका छन् भने राष्ट्रिय जनमोर्चाका कविराज खनालले ११ सय ९९ मत प्राप्त गरेका छन् ।
यस्तै शितगंगा नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका सूर्यप्रसाद अधिकारीले ८ सय ८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बसन्त श्रेष्ठले ६ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा नेकपा एमालेकी गीता भाट क्षेत्रीले ६ सय ५६ र माओवादी केन्द्रकी टीका रेस्मी मगरले ४ सय ८५ मत प्राप्त गरेकी छिन् ।
यस्तो छ अर्घाखाँचीको ३ नगरको पछिल्लो मत परिणाम






