नयाँ दिल्ली– बलिउडका हस्तिहरु निकै ठूला बंगलाहरुको लागि पनि चर्चामा आउने गर्दछन् । अभिताभ बच्चन ‘जलसा’ को लागि चर्चित छन् भने शाहरुख खान ‘मन्नत’ का लागि । यसैबिच खबर आएको छ कि महानायक अमिताभ बच्चानका छोरा अभिषेक बच्चनले एउटा निकै सानदार अपार्टमेन्ट खरिद गरेका छन् जसको मूल्य ६५.८२ करोड रुपैयाँ बताइएको छ ।
खबरका अनुसार यो फ्ल्याट ३८७५ स्क्वायर फिटमा फैलिएको छ जसको दर प्रति फीट १.६९ लाख हो । यो अपार्टमेन्ट वर्लीको प्राइम एनी बिसेन्ट रोड एरियामा स्थित स्काइलार्क टावरमा ३७ औँ फ्लोरमा रहेको छ । ओएसिस रियल्टीद्वारा बनाएको स्काइलार्क ६७ फ्लोरको छ ।






