नेपालगञ्ज, २ माघ, तपाईहरु निःसन्तान हुनुहुन्छ ? वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा हुन नसकेपछि अरुकै बच्चा पाए राम्ररी पाल्थेँ भन्ने सोच छ ? छ भने महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरिरहनु होला । नौ महिना कोखमा राखेर जन्माएको बच्चा अलपत्र छोडेर भाग्ने केही निर्दयी आमा फेला नपरेमा तपाईको सन्तानको चाहना पुरा हुन सक्छ । महिला तथा बालबालिका कार्यालय, बाँकेले यस्ता सात दम्पतीको सन्तानको चाहना पूरा गरिसकेको छ ।
बलात्कृत भएर जन्मेका, अवैध सम्बन्धबाट जन्माएर फालेका तथा लिङ्गभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले निःसन्तान दम्पतीलाई दिने गरेको हो । अलपत्र शिशु भेटिएको खबर बाहिर आउने बित्तिकै कार्यालयमा पुग्ने दम्पतीको पनि कमी छैन नेपाल समाचारपत्रले लेखेको छ ।
कोही वर्षौदेखि निवेदन हालेर बसेका छन् । पुस २३ गते भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा जन्माएर पासाङल्हामु मार्गस्थित होटलमा छोडिएको बच्चालाई माग्न दुई दम्पती आइसकेका छन् । शिशुलाई कार्यालयले ३ वर्षदेखि नै माग गरिरहेका बर्दियाका एक चौधरी दम्पतीलाई दिने तयारी गरेको छ ।
बर्दियाको धधवार घर बताउने रविना चौधरीले बच्चा जन्माएर छोडी भागेकी थिइन् । उक्त बच्चा अहिले अस्पतालको संरक्षणमा छ । बच्चा माग्न दुई दम्पती आइसकेका छन् तर तीन वर्षअघि नै निवेदन दिएर फोन गरिरहने बर्दियाका चौधरी दम्पतीलाई सो बच्चा दिने निर्णय भएको कार्यालयकी सूचना अधिकृत बिन्दु कुँबरले बताइन् । केही अघि कार्यालयले दाङ्की एक महिलालाई नेपालगञ्जको रोडमा भेटिएको शिशु दिएर कल्याण गरेको थियो । ‘चौथो बच्चा जन्मेर बितेको थियो, आमा बेहोस् थिइन्, बच्चा म¥यो भन्ने थाहा पाएमा उ नै मर्न सक्ने अवस्था थियो,’ कुँबरले भनिन् ‘नेपालगञ्जको सुर्खेत रोडमा भेटिएकी बच्चीलाई उसैले जन्माएको भनेर दिइयो ।’ – See






