कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टि

काठमाडौं– छ दिनअघि सवारी दुर्घटनामा त्रिशुलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री तथा पूर्वमुख्य सचिव माधवप्रसाद घिमिरेसहित उनका दुई भाइको कुशको शव बनाएर शुक्रबार अन्त्येष्टि गरिएको छ ।

गत आइतबार अपरान्ह पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभिरबाट गाडी खसेर बेपत्ता भएका घिमिरेसहित भाइहरु मोहन र प्रकाशको खोजी गर्दा पनि नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो । घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री विमलेन्द्र निधिलगायतका उच्च प्रहरी अधिकारीहरु आर्यघाट पुगेका थिए ।

सात जना सवार बा९च १५३१ नम्बरको गाडी गत आइतबार अपरान्ह त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु र ३ बेपत्ता भएका थिए । चालक विष्णु राई भने गम्भीर घाइते भएका छन् ।