गुल्मीमा एम्बुलेन्स किन्न बेलायतमा अभियान

शिव भण्डारी

लन्डन– गुल्मीमा एम्बुलेन्स किन्न बेलायतमा सहयोग संकलन अभियान सुरु गरिएको छ ।

22निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र (एनबीसीडीसी) ले गुल्मी जिल्लाको पश्चिमी क्षेत्रका गाविसहरु पौंदी अमराई, नेटा, दर्लिंङ, ह्वांदी र बागलुङको पौंदी ग्वालीचौरलाई सेवा पुर्‍याउने उद्देश्यले एम्वुलेन्स किन्न अभियान सुरुगर्न लागेको हो । ।

pritबेलायतको  रेडिङ्गमा रहेर विभिन्न सामाजिक सस्थामा कृयाशिल प्रतिमा जिशी केसि, क्षेत्री समाज वेलायतको आपतकालिन राहात कोष संयोजक तथा एनआरएन महिला फोरम वेलायतको सह-संयोजक साहित्य लेखनमा पनि उत्तिकै कृयाशिल नेटा-२ बगाह, गुल्मीमा जन्म घर  केसीको अगुवाईमा सहयोग संकलन अभियान सुरु गरिएको हो ।

‘पौंदी क्षेत्रबाट बेलायतमा वस्ने महानुभावहरुको फेसवुक ग्रुप बनाएर सूचना गर्ने काम भएको छ,’ सहयोग अभियानबारे उनले भनिन्, ‘यो अभियानमा बिस्तारै आर्थिक सहयोग जुटिरहेको छ ।’

केसीले विभिन्न संघ संस्थाहरुलाई पत्राचार गर्दै सहयोगको अपिल गरेकी छन् ।