बेलायतको पार्लियामेन्ट अगाडी बुद्द जयन्ति व्यापक हुने संकेत : संयोजक गौतमसंगको (अडियो रिपोर्ट)

लण्डन । बुद्धको जन्मस्थल नेपाल भन्ने सन्देश विश्वमाझ पुरयाउने उद्धेश्यसहित बेलायती संसद अगाडि  मनाउन लागिएृको बुद्धजयन्ती कार्यक्रममा बेलायतस्थित ५० भन्दा बढि नेपाली संघसंस्थाले ऐक्यबद्धता जनाएका छन ।

यही शुक्रबार मे २० तारिख सांझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

उक्त अवसरमा नेपालबाट आएका नेपाल तामाङ् लामा घेदुङ सँघका अध्यक्ष एवं साँग्दो पालहारी बौद्ध विद्यालय, पोखरा गुम्बाका प्रमुख लामा पाल्देन तामाङ्बाट विश्व शान्तिको लागि प्रवचन तथा दिप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले हालै एक शुभकामना सन्देश दिंदै कार्यक्रमबाट गौतम बुद्धले दिएको शान्तिको सन्देश संसारभर फैलाउन तथा नेपालको पर्यटन प्रवर्धन साथै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको सन्देश विश्वसामु पुर्याउन समेत सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मा, सांसद सिमा मल्होत्रा, इलिङ एण्ड हिलिङडन एसेम्बली मेम्बर डा. ओन्कार सहोतासहित यहांका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने र लण्डनका मेयर सादिक खानले एक सन्देश पठाए आफु सहभागी हुन नपाउने भन्दै उनले दुख समेत व्यक्त गरेका छन । मेयर खानलाई पनि आमन्त्रण गरिएकोमा आभार प्रकट गरिएको कार्यक्रमका मिडिया संयोजक एभरेष्ट गौतभले जानकारी दिए।

कपिलवस्तु समाज यूकेको आयोजनामा शुक्रबारका सांझ बुद्धजयन्ती तथा भुकम्पमा दिवंगतहरुको सम्झनामा शान्ति दीप प्रज्वलन समेत रहेकोले सो कार्यक्रम राष्ट्रिय गौरवको विषयसंग सरोकारको कार्यक्रम भएकाले कार्यक्रम आयोजकको तर्फबाट कपिलबस्तु समाज यूकेका अध्यक्ष दीपक श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम र गणेश दाहालले कार्यक्रममा उपस्थित भइदिन सहभागिताका लागि बेलायतबासी सम्पुर्ण नेपालीहरुमा आव्हान गरेका छन।13177160_1120605101293175_6768320877157041195_n[1]