लन्डन– बेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पदभार ग्रहण गरेका छन् ।
२९ सेप्टेम्बरबाट नेपाली दूतावास लन्डनमा राजदूत सुवेदीले पदभार ग्रहण गरे । पदभार ग्रहणलगत्तै राजदूत सुवेदीले दूतावासको सेवालाई सहज बनाउने पहिलो निर्णय गरेका छन् । त्यसका लागि साँझ ५ बजेसम्म दूतावासको सेवा दिने निर्णय गरिएको छ ।
जनमैत्री र अझ प्रभावकारी बनाउन समय हेरफेर गरिएको दूतावासद्वारा जारी विज्ञप्तीमा जनाइउको छ ।
दूतावासले प्रदान गर्ने भिसा, राहदानी लगायत कन्सुलर सेवा सहज बनाइ शीघ्र तवरले जनमैत्री सेवा प्रदान गर्न आगामी ३ अक्टोबर, ०१६ देखि लागू हुने गरि भीसा सेवा बिहान ९:१५ देखि अपरान्ह ३:१५ बजेसम्म र राहदानी तथा अन्य कन्सुलर सेवा बिहान ९:१५ देखि अपरान्ह ५ बजेसम्म दिइने भएको छ ।
यसअघि मध्यान्ह १२ बजेसम्ममात्र सेवा दिने गरिएको थियो । समय थपपछि नेपाल भ्रमण गर्ने पर्यटकहरु र नेपाली सेवाग्राहीहरु लाभान्वित हुने दूतावासको विश्वास छ ।
राजदूत सुवेदीले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाइ नेपाल र नेपालीको आर्थिक, सामाजिक विकासका लागि दूतावास सधैं प्रयत्नशील रहने अठोट व्यक्त पनि गरेका छन् ।
राजदूत सुवेदी एक दिनअघिमात्रै लन्डन उत्रिएका थिए।






