कांग्रेसको अवरोधपछि सदन एकैदिनमा चौथो पटक स्थगित, मङ्गलबार पुनः बस्ने

Joj:yflksf ;+;bsf] ;f]daf/sf] j}7sdf p7]/ lj/f]w hgfpFb} k|d'v k|ltkIfL bn g]kfnL sfFu|];sf ;f+;bx? . tl:j/ /Tg >]i7

काठमाडौँ – व्यवस्थापिका–संसद्को चौथो पटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद ईश्वरी न्यौपानेले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएको घटनाको छानबिन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जिकिर गरे । साथै उनले सदनलाई अगाडि बढाउन सरकारको अग्रसरताको खाँचो पनि औंल्याए।

सत्तापक्षसँग मिलेर काम गर्न काँग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि फेरि हुन नदिन वार्ताका माध्यमबाटै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

उनले बेलायतमा बजेट प्रस्तुत हुनु २० मिनेटअघि बजेट सार्वजनिक हुँदा अर्थमन्त्रीले राजीनामा दिनुपरेको तथ्य पेस गर्दै हामीकहाँ सरकारको लापर्बाहीका कारण पत्रपत्रिकामा बजेटमा परेका विषय सार्वजनिक भएको घटना गम्भीर भएको बताए ।

बजेटका महत्वपूर्ण सूचना चुहिनाका कारणबारे चित्त बुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने उनको तर्कसँगै नेपाली काँग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिए । उनीहरूलाई आसनमा बस्न सभामुख ओनसरी घर्तिले बारम्बर आग्रह गरे पनि त्यसको सुनुवाइ नभएपछि मङ्गलबार ११ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरिन् ।

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।