“गोर्खा ब्रिगेड मुख्यालय पुगेका नेपाली राजदूत आचार्यलाई ‘गार्ड अफ अनर’

लन्डन। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायती सेनाअन्तर्गतको ‘ब्रिगेड अफ गोर्खाज’ को मुख्यालय भ्रमण गरेका छन्।गत महिना मात्र आफ्नो पदबहाली गरेका आचार्य मंगलबार पहिलोपटक बेलायतको स्यान्डहर्स्टस्थित गोर्खा ब्रिगेड मुख्यालय पुगेका हुन्।

मुख्यालय पुगेका राजदूत आचार्यको सम्मानमा ब्रिगेड अफ गोर्खाजले ‘गार्ड अफ अनर’ दिएको थियो ।

त्यसअघि राजदूत आचार्यलाई ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट रिचार्ड वार्डलले स्वागत गरेका थिए।

त्यस्तै, कर्णेल डेभिड रोबिन्सनले राजदूतलाई ‘ब्रिगेड अफ गोर्खाज’ का बारेमा ब्रिफ गरेका थिए।