मधेसका सभासद्को अध्यक्ष दाहाललाई ध्यानाकर्षण

Prime Minister Sushil Koirala with the senior leaders of major political parties during a meeting of a Constitutional Political Dialogue and Consensus Committee (CPDCC) to resolve issues related to the New Constitution Draft held on Sunday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौँ, २३ भदौ । एकीकृत नेकपा (माओवादीका) २५ जना मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल गर्न संसदीय दलका नेता पुष्पकमल दाहाललाई संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् । संविधानसभामार्फत संविधान निर्माणको अन्तिम चरणमा आइपुग्दा पनि आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल नहुँदा देश सङ्कटमा पर्ने प्रवल सम्भावना रहेकाले संविधान निर्माण प्रक्रियासँगै सबैको जायज माग पूरा गर्न ध्यानाकर्षण गराएका हुन् ।
यसरी ध्यानाकर्षण गराउने सभासद्मा प्रभू साह, शिवकुमार मण्डल, अशोककुमार मण्डल, उमेश यादव, सुरेन्द्र जैसवाल, अजयशङ्कर नायक, मानपुर चौधरी, सत्यनारायण भगत, लालेन्द्र मण्डल, निशा शाह, रामसिंह यादव, प्रतीक्षा तिवारी, अमनलाल मोदी, जाकिर हुसैन, सोनिया यादव, दुलारी हरिजन, फूलकुमारीदेवी शर्मा, दिलमाया धामी, उषाकिरण अन्सारी, गौरीङ्कर चौधरी, शन्तकुमार थारु, मोहन टुडू, शम्भुलाल श्रेष्ठ, मानबहादुर थारु र अन्जना चौधरी हुनुहुन्छ ।