मोर्चालाई प्रधानमन्त्रीको आश्वासन : दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता

k|d dw]zL df]rf{df;Fu a}7sk|wfgdGqL k'iksdn bfxfn k|wfgdGqL lgjf; jfn'jf6f/df dªunaf/ dw]zL df]rf{df cfj4 bnsf g]tfx?;Fu a}7s a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । मंगलबार बालुवाटार निवासमा भेट्न आएका मधेसी मोर्चा नेतासँग कुरा गर्दै दाहालले यस्तो आश्वासन दिएका हुन् ।
‘सहमति जुटेका विषयमा साझा धारणा बनाऔं, सीमांकनका बारेमा विवाद समाधान गर्न बाँकी जिल्लालाई सीमांकन पुनरावलोकन आयोगको जिम्मा लगाएर भए पनि दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने दायित्व सरकारको हो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यति गर्न सकियो भने राम्ररी दसैं मान्न पनि पाइन्छ ।’

बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मोर्चाका तर्फबाट संविधान संशोधन प्रक्रिया अघि बढाउन किन ढिलाई भएको हो भनी जिज्ञासा राखे । प्रधानमन्त्री दाहालको पहलमा मधेस आन्दोलनको सम्बोधन हुने विश्वासमा आशंका बढ्दै गएको भन्दै महतोले माग सम्बोधन नहुने भने सरकारलाई दिएको समर्थन फिर्ता समेत हुन सक्ने चेतावनी दिए ।
‘संविधान संशोधन हुने कुरा बाहिर चर्चामा आइरहेको छ, हामीसग सरोकार राख्ने विषयमा अहिलेसम्म सोधपुछ पनि नहुनु अनोठो छ,’ महतोले बैठकमा भने, ‘प्रष्ट धारणा चाहियो ।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार, त्यसपछि दाहालले सरकारका कारण ढिलाई नभएको प्रष्टयाउदै दसैं अघिसम्म कुर्न आग्रह गरे ।

‘मुद्दा फिर्तालगायत प्रक्रियाका लागि महान्यायाधीवक्तासग एक पल्ट परामर्श गर्ने, बाकी विषयमा एउटा मस्यौदा समिति नै बनाएर संशोधन प्रस्ताव तयार गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ,’ झाले भने ।