ओली ४ बजे बालुवाटार सर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज साँझ ४ बजे ओली बालुवाटार छिरिसक्ने छन् ।

यसअघि ३ बजे सिंहदरबारमा भेटघाट कार्यक्रम गर्ने तयारी रहेको छ ।

भेटाघाट सकिएलगत्तै ओली बालुवाटर सर्ने उनले बताए ।