लण्डन । हिन्दु नेपाली महिलाहरुको महान पर्व तीज भित्रिदै गर्दा यतिवेला बजारमा गीत संगीतलाई तीजले छपक्कै छोपेको छ ।
साउनको सुरुवात संगै बजारमा विभिन्न कलाकारहरुलाई तीजका गीत बजारमा ल्याउन भ्याई नभ्याई भएको देखिन्छ ।
यसै क्रममा गुल्मी जिल्लामा बसेर संचार अनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो वेग्लै पहिचान बनाएका सञ्चारकर्मी तथा गायक तुलसिंह रनपछाइको तीज कोसेली जान्न नभन बजारमा आएको छ ।
मायाको सुरुवात कल्ले चलायो बोलको गीतबाट नेपाली लोक सांगीतिक क्षेत्रमा होमीएका गायक रनपछाइले धेरै गीतमा आबाज भरिसकेका छन भने दर्सक स्रोताले पनी निकै मन पराइसकेका छन ।
२०७५ सालको तीकजलाई लक्षित गरी बजारमा ल्याइएको जान्न नभन बोलको गीत निकै राम्रो बनेको छ ।
आगनी डिलमा काकरी फल्यो टिपेर ल्याइदिउला
खान्न नभन माया खान्न नभन,
अहिलेको तीजमा बटौली जाउला मन पर्ने मायाले
जान्न नभन माया जान्न नभन…
बोलको गीत लय, शब्द शिव हमाल अनी तुलसिंह रनपछाइ र शिलु भट्टराईको आबाजमा सजिएको छ ।
गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । अहिलेका चर्चित मोडलहरु स्मृति तिमिल्सना र लोमश शर्माको अभिनय रहेको छ ।
आशिष म्युजिक प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भीडियोमा निर्देशन स्मृति तिमिल्सना, सम्पादन प्रकाश धमला र छायाँकन शुरेस श्रेष्ठको रहेको छ ।






