लन्डन– लाइफ कोच इन्द्र गुरुङको रुपान्तरण सेसन (ट्रान्सफर्मेसन सेसन) मा सयौं नेपालीसहित एनआरएन नेताहरु सहभागी भए । 
गत आइतबार गुरुङले अल्डरसटस्थित एम्पायर हलमा दिमागको सर्भिसिङ गर्ने उद्देश्यले रुपान्तरण सेसन आयोजना गरेका थिए । मानिसको हार्ट, इमोसन्स्लाई सर्भिसिङ (सफा) गर्ने उद्देश्यले उनले यूकेमा कार्यक्रम गरेको जानकारी दिए । जीवनलाई सकारात्मक रुपमा लिनुपर्ने र खराब मानसिकता दिमागबाट हटाउन सके मानिस सुखी हुने उनको धारणा थियो ।
उक्त कार्यक्रम संयोजन एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले गरेका थिए ।
गुरुङको यस्तै कार्यक्रम स्किल्स् एण्ड केयरले लन्डन चाल्टर्नमा गरिसकेको छ भने एनआरएनए यूके विजनेश डेभलप्मेन्ट फोरमले आज बुधबार सांझ प्लमस्टिडमा गर्ने भएको छ ।
उता, गुरुङ यूके आउनुको अर्को महत्वपूर्ण काम पनि छ । फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी यता आएका हुन् उनले गत आइतबार दन्किरहेको आगोमा चार दिन हिंडेर बेलायती लाइसेन्स लिए । पिटरबरोस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट उनले लाइसेन्स लिएका हुन् । १८ सेप्टेम्बरमा प्रोफेशनल फायरवाकिङ इन्सट्रक्टर ट्रेनिङ सफतापूर्वक सकेर सर्टिफिकेट लिएपछि गुरुङ नेपालमा आगोमा हिंड्न सिकाउने पहिलो प्रशिक्षक भएका छन् ।







