प्रधानमन्त्रीले लोकमान सिंह कार्कीलाई भेटेको समाचार सुनियोजित : माओवादी केन्द्र

काठमाडौँ– प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र्)ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको अनियमितितका विषयमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई भेटेको भन्ने समाचार गलत र सुनियोजित ढंगले आएको बताएको छ ।

बुधबार साँझ लाजिम्पाटमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले उक्त कुराको खण्डन गरेको प्रवक्ता पम्फा भुषालले बताएकी छन् । “हाम्रो अध्यक्षले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई भेटेको र शिविरमा भएको अनियमितताका बारेमा कुरा गरेको भन्ने समाचार पुर्णत गलत छ,” भुषालले भनिन् “बैठकले प्रचण्डले भेटेको भनेर बाहिर आएको समाचार सुनियोजित भएको निश्कर्ष निकालेको छ ।”

बुधबार एक राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार प्रमुखलाई भेटेर शिविरको अनियमितता बारेको फाइललाई अगाडी नबढाउन आग्रह गरेको समाचर प्रकाशित गरेको थियो ।