काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादीको तत्कालीन लडाकु शिविरमा भएको अनियमितताको छानबिनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
चार दिने भारत भ्रमणमा रहेका दाहाललाई सञ्चारकर्मीले लडाकु शिविर छानबिनबारे जिज्ञासा राखेका थिए । ‘मलाई यसबारे कुनै जानकारी छैन,’ उनले भने, ‘तपाईंहरुबाटै सुनें ।’
शुक्रबार अपराह्न आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर अख्तियारले लडाकु शिविरका कमान्डर र माओवादीका तत्कालीन जिम्मेवार नेताहरूलाई ३० दिनभित्र आफ्नो भनाइ राख्न सूचना जारी गरी बोलाइएको जनाएको थियो ।






