एनआरएनए चेक रिपब्लिकको चौथो साधारण सभा सम्पन्न

u3
काठमाडौं । एनआरएनए चेक रिपब्लिकको चौथो साधारण सभा आज चेक रिपब्लिकको राजाधानी सहर प्रागमा सम्पन्न भएको छ ।

तेस्रो कार्यसमितीको बिघटन एवं नया कार्यसमितिको चयनको लागि आयोजित उक्त भेलाको पुर्व सन्ध्यामा तेस्रो कार्यसमितिका अध्यक्ष अर्जुन सापकोटाको सभापतित्व, आइ सी .सी सदस्य जितेन्द्र रायमाझीको प्रमुख आथित्यता संगै पुलचोक इन्जियनरिङ्ग कलेजका प्रोफेसर डा ज्ञान बहादुर . थापा र डा. कृष्ण सापकोटाको बिशेष अथिति रहनु भएको थियो जहा तेस्रो कार्यसमिती सदस्य किशोर रायमाझीले कार्यक्रम सन्चालन गर्नु भएको थियो भने कार्यसमितिकै सदस्य राजु बोहोराले प्रगती तथा आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

u2

जितेन्द्र रायमाझीको संयोजकत्वमा गठित निर्वाचन कमिटीले ड़ा. चिरन्जीवी खड्का अध्यक्षतामा १३ जना मुल समितीमा रहने गरि चौथो एन. आर .ए चेक रिपब्लिक कमिटीको गठिन गरेको छ ।

अध्यक्ष डा. चिरन्जीवी खड्का, उपाध्यक्षहरु : -रिजन गुरुङ् ,सुस्मा थापा र चित्र रायमाझी, महासचिव – किशोर रायमाझी, सचिब – राजु बोहोरा, सह-सचिब -अर्जुन खत्री, कोषा ध्यक्ष- पान्डव अधिकारी र सदस्यहरुमा – बिष्णु रायमाझी, दुर्गा बस्याल, शिव खरेल, लोक बहादुर अधिकारी, र दिलिप पन्थ रहनु भएको छ ।

साथै नयाँ कार्यसमितिको पहिलो बैठक पनि बिबिध प्रस्ताव माथि छलफल र निर्णय गर्दै आजै सम्पन्न भएको छ ।

u1