टोकियो,
पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई जापान आउने भएका छन्। सेप्टेम्बर १८ तारीक आईतबार “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता” विषयमा एक कार्यक्रमलाई सम्बोधन गर्न जापान आउने भएका हुन ।नयाँ शक्ति पार्टीको प्रवासी संगठन जापानले आयोजना गरेको कार्यक्रम सुगीनामी कु उमेजातो १-२२-३२ सेसन सुगीनामी हल टोकीयोमा हुनेछ ।
नयाँ शक्ति जापानका अभियनता तथा प्रवास प्रादेशिक समितीका सदस्य भुवन रोकाले देश निर्माणमा नयाँ शक्तिले अवलम्वन गरेका निती तथा कार्यक्रमहरु र त्यसमा विदेशमा बस्ने नेपालीहरुको भुमिकाबारे प्रष्ट पार्न डा. बाबुराम भट्टराई र प्रवास प्रादेशिक समितीका संयोजक नवराज सुवेदी जापान आउने कार्यक्रम रहेको छ ।
बिहान १० बजेदेखि सुरु हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको र १ बजेबाट हुने खुल्ला कार्यक्रममा “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता” बिषयमा छलफल हुने बताईएको छ ।
साथै उक्त छलफल कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधिहरु एनआरएनए जापानका प्रतिनिधिहरु, अन्य राजनितीक संघ संगठनका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापानबासी नेपालीहरुको उपस्थिति रहने छ ।







