लन्डन । लोक दोहोरी क्षेत्रमा चर्चित गायिका मञ्जु पौडेलको नयाँ आधुनिक गित ‘मलाई माया गर्न कसैले नरोकोस सार्वजनिक भएको छ । दर्जनौ लोक गित गाएर सबै माझ चर्चा बटुल्दै आएकी पौडेल र शान्तिम कोइरालाको आवाजमा रहेको आधुनिक गित सार्वजनिक भएको हो।
लोक गित मार्फत चर्चाको शिखरमा रहेका गायिका पौडेलले आधुनिक गितमा आवाज दिएकी छन् । गितमा गायिका मञ्जु पौडेल र अस्ट्रेलियामा रहेका विरेन्द्रदीप मल्लको अभिनय रहेको छ ।
गीतमा विनोद घिमिरेको शब्द संगीत रहेको छ भने अर्जुन पोख्रेलले एरेन्ज गरेका छन् । म्यूजीक भिडियोलाई अस्ट्रेलियामा रहेका जीवन रसाइलीले निर्देशन गरेका हुन् । बि एम एस फिल्मस् को प्रस्तुतिमा निर्माण भएको गीतलाई ड्रिम रेकडिंग स्टुडियोको तर्फबाट प्रकाश केसीले रेकर्ड गरेका हुन् ।






