ग्रेटर रशमोरको सम्मान विश्व साइकल यात्री कार्की र खनाललाई

cyलन्डन– ग्रेटर रशमोर नेपाली समाजले विश्व साइकलयात्रीद्वय लोकबन्धु कार्की र जनार्दन खनाललाई सम्मान गरेको छ ।

अगस्ट ११ तारिख साँझ अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टमा भएको विशेष कार्यक्रममा कार्की र खनाललाई सम्मान गरिएको हो । सगरमाथा नेपालमा रहेको, भगवान गौतम बुद्धको जन्भूमि नेपालमा भएको सन्देशसहित उनीहरु झण्डै १२ वर्षअघि विश्व साइकलयात्रामा निस्केका थिए । उनीहरु अहिलेसम्म १३० देशको भ्रमण गरिसकेका छन् ।

समाजका अधयक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रञ्जीता मल्लले गर्नुभएको थियो । कार्यक्रममा एनआरएन आईसीसी सदस्य सुष्मा राई तथा अतिथिमा पूर्व एनआरएन आईसीसी सदस्य  एवं समाजका सल्लाहकार थर्क सेन हुनुहुन्थ्यो ।

कार्यक्रमको व्यवस्थापन भेटघाट रेस्टुरेन्टका प्रोप्राइटर ग्रेटर रशमोरका सल्लाकार एवं समाज सेबी शेर सुनारले गर्नुभएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष थापाले यात्रा सफलताको कामना गर्नुभयो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासे लगायतले आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा साइकलयात्रीद्वयले समाजबाट आफूहरुले न्यानो आतिथ्यता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।cy2