गायिका रेखा शाह श्रीमानसहित पक्राउ

rekha shahकाठमाडौं- रेखा शाहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीले आइतबार साँझ रेखा र उनका श्रीमान इन्द्र गुरुङलाई पक्राउ गरेको हो ।

शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नामका व्यक्तिलाई पैसा लगानी गरेको प्रहरीले जनाएको छ । काफ्लेका बुवा सुवासराज काफ्लेले शाह दम्पत्तीबाट आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

रेखा शाह ‘सिमसिमे पानीमा…’ बोलको गीतबाट चर्चित बनेकी थिइन् ।