काठमाडौं- गृहमन्त्री नपाएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सपथ लिन गएनन् ।
प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको पनि नाम थियो । उनको मन्त्रालय भने तोकिएको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । तर, केसीले गृह नपाएसम्म सरकारमा नजाने जवाफ दिएको उनका सहयोगी सरोज केसीले जानकारी दिए ।
केसीबाहेक निधि र रमेश लेखकले भने सपथ लिएका छन् ।






