‘भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन’

upendra yadav1काठमाडौं- उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले शनिबार (भोलि)देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

गठबन्धनका संयोजक यादवले राज्य पुनर्संरचना गर्नुपर्नेलगायतका माग राखेर शनिबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताए ।

सो गठबन्धनले शान्तिबाटिकामा प्रदर्शन, सिंहदरबार घेराउलगायतका कार्यक्रम पनि अघि सारेको छ ।