कांग्रेस क्षेत्रीय अधिवेशनमा देउवा पक्षलाई अग्रता

Sher_Bdr_Deubaकाठमाडौं- कांग्रेसको क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटको मत गणता बिहानसम्म जारी रहेपनि घोषित परिणामा शेरबहादुर देउवा पक्षले आफ्नो स्थिति सुदृढ गरेको संकेत मिलेको छ ।

तराईका केही जिल्लाबाहेक सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि महाधिवेशन प्रतिनिधि चयको मतगणना परिणाम भने पूर्ण रुपमा आइसकेको छैन ।

केही जिल्लाका क्षेत्रमा भएको महाधिवेशन प्रतिनिधि छनोट र क्षेत्रीय कार्यसमितिको मतपरिणामअनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले अघिल्लो महाधिवेशनमा भन्दा बढी सुधार गरेको छ ।

प्राप्त मत परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर ३ बाट देउवापक्षीय प्यानल विजयी भएको छ । कांग्रेसमा क्षेत्रीय अधिवेशन महाधिवेशनको सबैभन्दा महत्वपूर्ण निकाय हो ।