प्रधानमन्त्री भारत भ्रमण फागुन ७ देखि

kp
काठमाडौं- प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फागुन ७ मा सुरु हुने प्रारम्भिक तालिका तय भएको छ ।

१३५ दिन लगातार नाकाबन्दीपछि रक्सौल-वीरगन्ज नाका शुक्रबार केही सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिकाबारे दिल्लीस्थित नेपाली कूटनीतिक नियोगलाई जानकारी गराएको हो ।

स्रोतका अनुसार फागुन ७ मा प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली सोही दिन दिल्ली उत्रने छन् । प्रधानमन्त्रीले फागुन ८ मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।