
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रारम्भिक चरणमा माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट दुई जना मन्त्री भएका छन् । माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा मन्त्रीहरुमा दलजीत बिके श्रीपाली र गौरिशंकर चौधरी र कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानमन्त्री तथा रमेश लेखक मन्त्री भएका छन् ।
प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमै नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण गराएकी छन् ।






