काठमाडौं- नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुको ३९ औं प्रधानमन्त्रीका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । उनले देश र जनताका नाममा सपथ लिएका छन्।
सपथ ग्रहण कार्यक्रममा दाहाल भादगाउँले टोपी, सर्ट,पाइन्ट र कोटमा सजिएका थिए।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, विशिष्ट सरकारी कर्मचारीहरू, विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।






