लन्डन- हिन्दू महिलाहरुको महान पर्व तीजमा साउथ इस्ट लन्डनमा पनि हरितालिका तीज मनाइने भएको छ।
साउथ इस्ट लन्डनमा बस्ने नेपाली हिन्दू महिलाहरुको आयोजनामा आगामी अगस्ट १३ तारिखमा तीज मनाइन लागेको हो । वुल्विचको लोटस क्लवमा आयोजना गरिने सो कार्यक्रममा पुरुषहरुले पनि सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रम सफल बनाउन शारदाथापा, माया केसी र लक्ष्मी बस्नेतले संयोजन गरिरहेका छन् ।
कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजक महिलाहरुले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन् ।
कार्यक्रमबारे जानकारीका लागि: श्रद्धा थापा- 07823448863, प्रतिमा केसी-07853535554, सेविका जीसी-07823663242, माया KC 07481545456, अनिता केसी-07817500581 लाई सम्पर्क गर्न सकिनेछ ।






