लन्डन- बेलायती गृह मन्त्रालयले बर्गर चेन बायरनबाट ३५ जना अवैधानिक आप्रवासी कामदार पक्राउ परेको जनाएको छ । पक्राउ परेकामध्ये नेपाली पनि रहेको जनाइएको छ ।
बीबीसीका अनुसार पक्राउ पर्नेमा नेपालीसहित ब्राजिलियन, इजिप्टियन, अल्बानियाली पनि छन् । बेलायती अध्यागमन विभागका अनुसार पक्राउ परेकाहरु नक्कली कागजातमा काम गर्दै आएका थिए ।
बर्गर चेन बायरनका यूकेमा मात्रै ६५ वटा आउटलेट छन् भने १५०० जना कर्मचारी छन् ।
बायरनले भने आफ्ना कामदारहरु अवैधानिक नभएको दाबी गरेका छन् ।






