लन्डन । बेलायतको सबैभन्दा जेठो सामाजिक संगठन ‘यती’ को आसन्न निर्वाचनका सम्बन्धमा लन्डनबाट अपलोड गरिने विभिन्न विद्युतिय समाचार पोर्टलहरुमा अध्यक्षको आकांक्षीहरुमा मेरो नाम समेत राखी सम्प्रेषित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ ।
अध्यक्ष पदका लागि मेरो आकांक्षा रहेको भन्ने प्रसंग बिल्कुल असत्य, निराधार र कपोलकल्पित भएको हुंदा त्यसको जोडदार खण्डन गर्दछु । म १९८६ मै यतीको अध्यक्ष भइ तत्कालिन समय र समाजको चाहना र आवश्यकता अनुसार समाजसेवाको प्रयास गरेको विदित सत्य हो ।
यसै सन्दर्भमा सम्बन्धित पत्रकार मित्रहरुले पनि यस्तो संवेदनशील विषय सम्प्रेषण गर्दा सम्बन्धित व्यक्तिसंग पनि सम्पर्क गर्ने जस्तो साधारण पेशेवार आचार संहिताको पालना गरिदिएमा कसैलाई यस्तो अप्ठेरो स्थिति आउने थिएन भन्ने हेक्का दिलाउने घृष्टता गर्न चाहन्छु ।







![khagendra-nepali-photo[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/khagendra-nepali-photo1.jpg)