भक्तपुर- कांग्रेस नेतृ सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् ।
बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि हितमा नहुने बताइन् ।
सबै पक्षको सहयोगबाट देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने कोइरालाको भनाइ थियो ।






