नसाको औषधिमा फोहोर

dekstrojकाठमाडौं – ललितपुरको एक औषधि पसलमा सिकिस्त बिरामीलाई शक्ति मिलोस् भनेर नसाबाट दिइने औषधिमा फोहोर भेटिएको छ । पाटनस्थित लक्ष्मी फर्मामा डेक्सट्रोज नामक औषधिभित्र फोहोरका काला कण भेटिएको हो ।

विशेष सूचनाका आधारमा औषधि व्यवस्था विभागका कर्मचारीले उक्त फर्मामा पुगी छानबिन गर्दा २५ एमएलको औषधिभित्र फोहोरका कण भेटिएपछि नमुना ल्याएर छानबिन प्रक्रिया अघि बढाएका छन् ।

भारतको हिन्दूस्तान औषधि उद्योगले उत्पादन गर्दै आएको उक्त औषधि क्षेत्रपाटीमा रहेको एमआईटिएम कम्पनीले वितरण गर्दै आइरहेको छ ।