संसार बदल्नु छ, सुरु आफैंबाट गर्नु छ !
लन्डन- योगगुरु विकासानन्दसँग बेलायतमा योगा-मेडिटेसन सिक्न पाइने भएको छ ।बेलायतमा बस्ने नेपालीहरुले विकासानन्दसँग योगा, सुपर लर्निङ्ग, रेकी सिक्ने अवसर पाउने भएका हुन् । २१ अगस्ट , २०१६ का दिन लण्डनमा योगगुरु मानोक्रान्तिका सम्बाहक बिकासानन्द ज्युबाट योगा तथा प्रवचन कार्यक्रम हुन गैरहेको छ ।
आजको आधुनिक जीवन शैलीले एक्लो बनाउदै लगेको, जीवन जिउन भुलेर प्रविधिको दास बन्दै एकोहोरो यान्त्रिक बन्दै गइहेका छौँ । स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन योग साधना हो । नेपालमा योग साधनका प्रणेता डा . विकासानन्द यहि विभिन्न समस्याको मुक्ति दिलाउने अमुल्य कला र जीवनमा उर्जा भरिदिन नेपालदेखि बेलायत सम्म आउनुभएको मौकाको फाइदा लिन अन्तरास्ट्रिय नेपाली समाजका संयोजक भोला खनालले आवहान गरेका छन् ।
योगी बिकसनन्दको योगा र ध्यान कलाले जीवनमा जस्तो सुकै तनाव र समस्या लाइ सजिलै हटेको बताउनु हुन्छ यस अघि नै योग र ध्यानको शिक्षा लिएर फाइदा लिन सफल महिला संयोजक शकुन्तला गुरुङ |
यो कार्यक्रम अनावस्यक कार्यक्रममा पैसा र समय बर्बाद गर्ने परिपाटी भन्दा जीवनमा ३ घन्टाको समय अत्यन्त उपयोगी हुने छ र जिवनभर उर्जा दिन सफल हुने दावी छ प्रबक्ता जगन कार्कीको ।
यहाका नेपाली समुदायलाइ जीवनउपयोगी कला प्रदान गर्ने पबित्र उदेस्य तथा उक्त कार्यक्रम मार्फत संकलित रकम बाढीपिडितलाइ सहयोगर्थ जाने कुरा कार्यक्रम संयोजक हेम गुरुङले बताए ।
योग गुरु बिकासानन्दबाट प्रतक्ष मोटीभेसन, योगा, सुपर लर्निङ्ग, रेकी सिक्ने अवसर प्रदान गर्दै उक्त कार्यक्रममा प्रति व्यक्ति १० पौण्ड ले उठाईएको सुल्कबाट खर्च काटेर बाकी सबै रकम बाडीपिडितको सहयोग स्वरुप कार्यक्रम आयोजना गरिएको कार्यक्रम सहयोगी सुरोज मास्केले बताए ।
अर्का संयोजक बिरेन्द्र श्रेष्ठ यो कार्यक्रमले १० पौण्ड, मूल्यमा खाजा, योग र भुकम्प बाढी पिडितलाइ सहयोग पनि हुने भन्दै बढी भन्दा बढी जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिनु हुन अनुरोध गरेका छन ।
कार्यक्रम विवरण
Date : Sunday, 21 August , 2016
Time : – 12 PM to 3 PM
Venue : Feltham Community College Hall
TW13 7EF .






