यति नेपाली एसोसिएसनमा शर्मा सर्वसम्मत

thakurलन्डन- यति नेपाली एसोसिएसनको उपाध्यक्ष पदमा ठाकुर शर्मा सर्वसम्मत चयन भएका छन् ।

उपाध्यक्ष दाबी गरिरहेका मिन रानाभाटले उम्मेदवारी फिर्ता भएपछि शर्मा सर्वसम्मत भएका हुन् । उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि त्यसको टुंगो लगाउन निर्वाचन तय गरिएको थियो ।

दुई साता पहिले सम्पन्न अधिवेशनले पिपला देवानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।