लन्डन- ५० वर्ष नाघेका प्रौडहरुको संस्था ‘क्लव फिफ्टी यूके’ले सल्लाहकारहरु चयन गरेको छ ।
रिगल स्पाइस रेष्टुरेन्टमा आयोजित बैठकले समाजका अगुवा ध्रुव केसी, हरि केसी, हरिसिंह थापा, हरि कार्की र मदन थापालाई सल्लाहकार चयन गरेको हो ।
संस्थाका अध्यक्ष उत्तम खड्काले सल्लाहकारहरुलाई खादाले सम्मान गरेका थिए ।
अध्यक्ष खड्काको संस्थाले सर्लाही जिल्लाको एक विद्यालयमा अध्ययनरत दश विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको जानकारी दिंदै भूकम्प लगत्तै पीडितलाई आर्थिक सहयोग गरेको समेत स्मरण गरे ।
क्लव फिफ्टी यूके नेपालको शाखाको रुपमा दुई वर्ष अघि स्थापना भएको हो ।






