विनर सर्कल फुटसल मेनिया २०२० को फाइनल आइतवार : कस्ले जित्ला उपाधि ?

तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडियाको आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने उद्धेश्य सहित आयोजित विनर सर्कल फुटसल मेनिया २०२० को फाइनल आइतवार हुने भएको छ । दोस्रो चरणको खेलबाट फेवा एफसि र ब्रदरहुड एफसि फाइनलमा प्रवेश गरेका छन् । ग्रान्ड फिनाले एकदम रोचक हुने विश्वास लिएको आयोजक संस्थाका प्रशासकिय अधिकृत रोशक खतिवडाले बताए ।
यसैविच दोस्रो चरणको खेल सम्पन्न भएपछि आयोजकले पत्रकार सम्मेलन गर्दै विजेताले पाउने ट्रफी घोषणा तथा प्रदर्शन गरेको छ । उक्त अवसरमा संस्थाका पदाधिकारी, खेलाडीहरुको उपस्थिती रहेको थियो । खेलाडी समुहको तर्फबाट बोल्दै ब्रोदरहुड एफसिका कुशन श्रेष्ठ तथा फेवा एफसिका प्रशान्त गुरुङ दुवैजनाले प्रतियोगीतामा भाग लिन पाएकोमा खुशी ब्यक्त गर्दै यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिए ।
प्रतियोगीताका मुख्य प्रायोजक प्रिमो एजुकेशन एन्ड भिसा सर्भिससका निर्देशक दिपक केसीले यस प्रतियोगीतालाइ खेलाडीहरुको मानसिक स्ट्रेस कम मात्र नगरेर उनीहरुमा सकारात्मक उर्जा समेत प्रदान गर्न प्रभावकारी भएको बताए । त्यसैगरी अर्का निर्देशक विनोद हमालले असहज समयका वाबजुद पनि कार्यक्रम भब्य रुपमा सञ्चालन भइरहेको खुशी ब्यक्त गर्दै खेलाडीको मनोबल बढाउने गरी आयोजित कार्यक्रमको हिस्सा बन्न पाएकोमा सबैलाइ धन्यवाद दिए ।
यसैविच हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडीको उचाइ बनाएका टप गोल स्कोरर अजय तामाङ्गले पनि आयोजक संस्थाले प्रदान गरेको अवसरप्रति धन्यवाद दिए । फाइनल खेल अइतवार ६ बजेदेखी बैंक्सडाउन कम्युनिटि फुटसलमा शुरु हुने छ ।
खेलाडीहरुलाइ महामारीको कारण मानसिक रुपमा पर्न सक्ने असरलाइ कम गर्न सहयोग पुग्ने ध्येयका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ । पहिलो चरणमा १० समुह दोस्रो चरणमा पुगेका थिए भने दास्रो चरणबाट २ समुहहरु फाइनलमा पुगेका हुन् ।
कोभिड–१९ ले अस्ट्रेलियामा खेलकुद गतिविधि कम भइरहेका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई सक्रिय बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको विनर सर्कल मिडियाका प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए ।
उनले भने, “महामारीको कारण खेलाडी मात्र नभएर सबैलाइ मानसिक रुपमा असर परेको छ, त्यसैले केही मात्रामा भएपनि रिफ्रेशमेन्ट होस भन्ने उद्धेश्यले कार्यक्रम गरेका हौँ”।
जुलाई १ तारिखदेखि अस्ट्रेलियामा खेलकुद गतिविधि केही खुकुलो भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई मानसिक रुपमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसस टाइटल स्पन्सर रहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उपाधि जित्ने समुहले ट्रफी र मेडलसहित २ हजार डलर नगद पुरस्कार पाउने छ भने उपविजेता समुहले ५ सय डलर प्राप्त गर्ने छ ।
त्यस्तै सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाइ पुरस्कार तथा सहभागी सबै समुहलाइ प्रमाणपत्रकोे व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ हजार डलर खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।