नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले नेत्रविक्रम चन्दले जनवादी क्रान्ति गर्न बन्दुक उठाए आफ्नो भेट हुने बताएका छन्। जनवादी क्रान्तिका लागि आफूले पनि बन्दुक समात्ने तयारी गरिरहेको बैद्यको भनाइ थियो।
शनिबार धनगढीमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले क्रान्ति सफल गर्न बन्दुकको विकल्प नभएको बताएका हुन्। ‘ क्रान्ति सफल गर्न बन्दुकको बाटो चाहिन्छ। बन्दुक बुझाएर धोका दिने काम भएको छ,’ उनले भने ‘नयाँ जनवादी क्रान्तिका लागि लडेका हामीमाथि विश्वास घात भयो।’
विश्वका कुनै पनि मुलुकमा क्रान्ति सफल गर्न बन्दुक उठाएको तर्क गरेका छन्। बन्दकु कतिबेला उठाउने भन्ने कुरा लेखाजोखा गरेर तय गरिने उनले बताए। ‘राज्यसत्ताका लागि बन्दुक चाहिन्छ। कुन वेला बन्दुक उठाउने भन्ने कुरा परिस्थितिको लेखाजोखा गरेर जाने हो,’ उनले भने।
शिविरमा राखेका बन्दुक बुझाएका कारण नै जनवादी क्रान्ति पुरा नहुँदै आफूहरुले धोका पाएको उनको भनाइ थियो।
चन्दले बन्दुक उठाए भेट हुन्छ : बैद्य






