गोल्डेन सिपमा रेवत राईको प्रस्तुति १४ जुलाईमा

लन्डन । आगामी १४ जुलाई शुक्रबार साँझ चर्चित गायक रेवत राईले लन्डन साउथ हयारोस्थित गोल्डेन सिप रेस्टुरेन्टको सभाहलमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।18622659_10211953634611203_8118139348070300223_n

रेबतले नन स्टप गीत गाएर दर्शक संगै फ्लोरमै उत्रिने र भरपुर मनोरंजन गराउने भएका छन्। साथमा स्थानीय गायिका सुजाता काफ्लेले समेत आफ्नो प्रस्तुति दिने भएकी छन् ।

रमाइलो समर साँझ ७ बजे देखि मध्य रात सम्म हुने सांगीतिक कार्यक्रममा साथीभाई इस्ट मित्र गरि ५० भन्दा बढी संख्या को टेबुल बुक भै सकेको गोल्डेन सिपका संचालक देव गुरुङ बताए । नेपाली खानाको राम्रो सेट मेनु रहेको बताउदै सुक्रबारको रमाइलो माहोलमा उपस्थित भएर पूर्ण मनोरन्जन लिन समेत गुरुङले अनुरोध गरेका छन् ।