श्रावण ३१ भित्र संविधान जारी गर्न चार दल सहमत

CPN (UML) senior leader Agni Kharel briefs media after a meeting of of four political parties Nepali Congress, CPN (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum-Loktantrik (MJF-L) with the Chairman of Constituent Assembly, Subhash Chandra Nembang on Saturday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, ९ साउन  । प्रमुख चार राजनीतिक दलहरुले संविधानको प्रारम्भिक मस्यौदामा आएका जनताका सुझावलाई सम्बोधन गर्दै श्रावणभित्रै संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन संविधानसभाका अध्यक्षसहित प्रमुख दलका प्रमुख सचेतकहरुलाई सुझाव दिएका छन् ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसहित १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको शनिबार बसेको बैठकले श्रावण ३० या ३१ गते संविधान जारी गर्ने सहमति बनेको हो ।
दलहरुबीच संविधानको मस्यौदामाथि जनताले दिएका सकारात्मक सुझावलाई सम्बोधन गर्ने सवालमा शीर्ष तहमा छलफल गर्ने सहमति भएको छ । शीर्ष तहले विषय वस्तु टुंगो गरेपछि संवैधानिक राजनीतिक संवाद समितिमा धेरै समय नलिने सहमति दलहरुबीच छ ।
सोमबारसम्म नागरिक सम्बन्ध समितिले  संविधानसभा प्रतिवेदन पेश गर्ने, संविधानसभामा त्यसमाथि एक/दुईदिन मात्र छलफल गर्ने र संवाद समितिले एक दिनमा नै त्यसलाई टुंगो गरेर मस्यौदा समितिमा पठाइने गरी कार्यतालिका बनाउने विषयमा दलहरु सकारात्मक रहेको नेताहरुले बताएका छन् ।