लन्डन । बेलायतको मिडल्याण्ड बर्मिङहमस्थित शान्ति नेपाली समाजको अध्यक्षमा भोजराज भण्डारी निर्विरोध चयन भएका छन् ।सोमबार संस्थाको पाँचौं सम्पन्न महाधिवेशनबाट भोजराज भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्विरोध भण्डारी समाजको स्थापनाकालदेखि नै सक्रिय छन् । अध्यक्षमा निर्विरोध बनेसंगै लण्डन नेपाल न्यूजसंगको संवादमा ’ उनले भने, समाजका लागि अहिलेसम्म गरेको योगदान र आगामी दिनमा पनि आफ्नो जिम्मेवारी भूमिका इमानदारीसाथ निभाउनेछु, भण्डारीले भने , ‘सस्थाको विकासमा सधैं सक्रिय र त्यतिकै जिम्मेवारी बहन गर्नेछु ।
अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तो छ २१ सदस्यीय कार्यसमितिको नामावली
अध्यक्ष भोजराज भण्डारी ,उपाध्यक्ष गोकर्ण हुमागाई,उपाध्यक्ष कमला ढकाल, सचिब महेन्द्र काफ्ले, सह सचिब पदम शाही,कोषाध्यक्ष दिनेश कंडेल, सह- कोषाध्यक्ष रामेश्वर अर्याल,सदस्य निशान्त बद्रचार्य, छुमकला (माया) पाण्डे, राजु खत्री, शशांक शर्मा, राजु ( ढल बहादुर) खत्री, बाबुराम भुसाल, डी यन खरेल, यादव बि क, प्रविन खरेल, बिनोद थापा, तेज भण्डारी, कृष्ण खरेल रहेका छन् ।






