काठमाडौं– रसियामा जारी विश्वकप फुटबलको हारजितको अनुमान लगाएर सट्टेबाजी खेल खेलाउने ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको म्हैपी बस्ने मुखिया लामा, स्याङ्जा घर भई हाल बालुवाटार बस्दै आएका सुवास गुरुङ र काठमाडौंका मुखिया गुरुङ रहेका छन् ।
हारजितको अनुमान लगाएर सट्टेबाजी खेलाउनेहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२७ ज्याठाबाट नियन्त्रयणमा लिएको हो ।
गत शुक्रवार मध्यराती बेटीङ खेलाईरहेको अवस्थामा पक्राउ परेका उनिहरुको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सार्वजनिक अपराध मुद्धामा म्याद लिएर उनिहरुमाथी थप अनुसन्धान भईरहेको बताईएको छ ।






