लन्डन- यति नेपाली एसोसिएसन यूकेको आयोजनामा शनिबार यति कप फुटबल प्रतियोगिता हुँदैछ । फेल्थामस्थित फेल्थाम कम्युनिटी कलेजको मैदानमा आयोजना हुने प्रतियोगिता ७ ए साइड हुनेछ ।
प्रतियोगिता बिहान ९ बजेदेखि सुरु गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हेर्न चाहने दर्शकलाई प्रवेश निशुल्क र निुशल्क पार्किङको सुविधा रहनेछ ।
प्रतियोगितास्थलमा विभिन्न खानाका स्टलहरु राखिनुका साथै आफ्नो व्यवसायको विज्ञापन तथा मार्केटिङ गर्न चाहनेहरुका लागि स्टल समेत उपलब्ध गराइने भएको छ ।
यतिकप बेलायतको नेपाली समुदायमा सबैभन्दा पहिला सुरु भएको फुटबल प्रतियोगिता हो । यति कपमा हरेक वर्ष २० भन्दा समुहले प्रतिस्पर्धा गर्दै आएका छन ।
प्रतियोगिताका विजेता समुहलाई नगद १ हजार २ सय ५० पाउण्ड, विजेता ट्रफी र समुहका हरेक खेलाडीलाई ट्रफी दिइनेछ । त्यस्तै दोस्रो हुनेलाई नगद ६ सय पाउण्ड, रनर अप ट्रफी र समूहका हरेक खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।
तेस्रो हुने समुहले नगद २ सय पाउण्डका साथै समुहका सबै सदस्यले मेडलसहितको पुरस्कार पाउनेछन ।
प्रतियोगितामा सबैभन्दा बढी गोल स्कोर गर्ने खेलाडीलाई गोल्डेन बुट र म्यान अफ द म्याचलाई ट्रफी दिइने यती अध्यक्ष पिपला देवानले जनाइन् ।






