एनआरएन युके कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रकार माथी अपमान

लन्डन,

बिहिबार सांझ लण्डनस्थित नेपाली दूतावासमा एनआरएन यूकेले गरेको एक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा  अध्यक्ष शेष घलेसँग अन्तरक्रिया गर्ने उदेश्यले नेपाली दूतावास लन्डन पुगेका पत्रकारहरुलाई बस्ने ब्यवस्था समेत नभएको भन्दै आक्रोस पोखेका थिए ।Nepal Embassy 2015 001

आयोजक भन्दा पहिलै कार्यक्रममा स्थलमा पुगेका पत्रकारहरुलाई सिपाही जस्तै लगातार ६ घण्टा उभाएर राखेको भन्दै पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्माले आयोजक प्रति आक्रोस पोखेका हुन् ।

उनले पत्रकारहरुलाई परेको असुविधाका लागि क्षमायाचना गर्दे अगामी दिनमा त्यस पछि सचेत रहन एनआरएन यूकेको ध्यानाआर्कषण गराए । उनले बाहिरबाट पाहुना आएका बेला एनआरएन यूके भित्रका बक्ताहरुको पट्यार लाग्दो भाषण नराख्न समेत सुझाव दिए । एनआरएन यूकेका महासचिब बिजय लिंङदेलले पत्रकार अन्तरक्रिया कार्यक्रमलाई रद्ध गर्ने प्रयास गरे पछि अध्यक्ष शर्माको प्रयास अन्तरक्रिया कार्यक्रम भएको थियो ।

लिंङदेलले कार्यक्रमको खाका समेत मनपरि रुपमा परिवर्तन गर्दै गए पनि पत्रकारहरुको नाम समेत उच्चारण गरेनन् । सो अन्तक्रियामा भाग लिन गैरआवासीय नेपाली संघका नेताहरु मध्यरात सम्म दूतावास हालमा बसेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु रुपेश सिलवाल, शीव भण्डारी, रन्जित बस्नेत, दिनेश परियार, मिलन शर्मा लगायतले आफ्ना जिज्ञासा राखेका थिए,भने पत्रकारहरु माहासंघ युकेका अध्यक्ष चिरन शर्मा,फडिन्द्र भट्टराई राजेन्द्र भट्ट विमला सेने रन्जीत वस्नेत प्रकाश केशी लगायत वाक्लो उपस्थिीती थीयो